काठमाडौं, पोर्चुगलले आइतबार मध्यराति भएको फाइनलमा स्पेनलाई टाइब्रेकरमा हराउँदै दोस्रोपटक नेसन्स लिग फुटबलको उपाधि जितेको हो । टाइब्रेकरमा पोर्चुगल ५–३ ले विजयी भयो ।
पोर्चुगलले यसअघि नेसन्स लिगको पहिलो संस्करण २०१८–१९ को उपाधि जितेको थियो । भेट्रान स्ट्राइकर रोनाल्डोका लागि पोर्चुगलबाट यो तेस्रो अन्तर्राष्ट्रिय उपाधि बन्यो ।
पोर्चुगलले फिफा विश्वकप फुटबलको उपाधि भने जित्न सकेको छैन ।








