असार ३१,२०८२ / ०६ : ०५ अपरान्ह / 2025-07-15 06:05 pm
      • param ad
      • furniture
      • veera Incorporation

      विश्वकप लिग २ आजदेखि शुरू, उद्घाटनमा नेपाल र स्कटल्याण्ड खेल्दै

      - एक हप्ता अगाडि
      जेष्ठ २०,२०८२

      काठमाडौं, आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज घरेलु टोली स्कटल्यान्डविरुद्ध खेल्दै छ । नेपालले स्कटल्यान्डसँग खेल्दै चौथो चरणको सिरिजको सुरुवात गर्न लागेको हो ।  नेपाल र स्कटल्याण्डको खेल नेपाली समयअनुसार बेलुका पौने ४ बजे शुरू हुनेछ ।

      नेपाली टोली एक हप्ता अघिदेखि  स्कटल्याण्डमा छ । नेपाली राष्ट्रिय टोलीले  ७ महिनापछि एकदिवसीय खेल्न लागेको हो । नेपाललाई लिग–२ मा टिकिराख्न आगामी खेल जित्नैपर्ने दबाब छ । लिग टू को अङ्क तालिकामा नेपाल १२ खेलमा २ जीतका साथ ६ अङ्कसहित तालिकाको पुछारमा छ । स्कटल्याण्ड भने १६ खेलमा २० अङ्क जोड्दै चौथो स्थानमा छ । नेदरल्यान्ड्स २० खेलबाट २६ अङ्क जोड्दै दोस्रो स्थानमा रहेको छ । 

      नेपालले पर्सि बुधवार नेदरल्यान्डसँग खेल्नेछ । यस्तै नेपालले आउँदो  आइतवार फेरि स्कटल्याण्डसँग र  अर्को हप्ता मङ्गलवार नेदरल्यान्डसँग खेल्ने तालिका छ । यसअघि नेपालले बेलायत भ्रमणको क्रममा ५ अभ्यास खेल खेलेकामा सबैमा जितेको थियो । तर, स्कटल्याण्ड ए सँगको दुई अभ्यास खेलमध्ये एकमा हार र अर्को वर्षाले रोकिँदा नेपालको यात्रामा चुनौती थपिएको छ ।

        सम्बन्धित समाचारहरु