वैशाख ८,२०८३ / ०२ : ४४ अपरान्ह / 2026-04-21 02:44 pm
      • param ad
      • furniture
      • veera Incorporation

      नेपाल महिला टी–२० विश्वकप एसिया छनोटको सुपर ३ मा प्रवेश

      - ११ महिना अगाडि
      जेष्ठ ३,२०८२

      काठमाडौं, नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर थ्री मा प्रवेश गरेको छ । 

      आज हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएपछि नेपाल र हङकङको समान ५–५ अंक भएपनि नेपाल बढी जित निकालेका आधारमा अघि बढेको हो । नेपालको ४ खेलमा २ जित, १ हार र १ नतिजाविहीन हुँदा ५ अंक जोडेको थियो भने हङकङको ४ खेलमा १ जित र ३ नतिजाविहीन हुँदा ५ अंक भएको थियो । 

      ९ टोली सहभागी प्रतियोगितामा तीन समूहमा रहेका ३–३ टोलीबाट शीर्ष टोली सुपर थ्री मा पुगेका छन् । त्यहाँबाट एकअर्कासँग खेलेपश्चात् शीर्ष २ टोली विश्वकप ग्लोबल छनोटमा पुग्ने छन् । नेपालले अब सुपर ३ मा बलिया टोली यूएई र थाइल्याण्डसँग खेल्नेछ ।

        सम्बन्धित समाचारहरु