जेष्ठ १२,२०८२ / ०१ : १४ पूर्वान्ह / 2025-05-25 01:14 am
      • param ad
      • furniture
      • veera Incorporation

      भारत–पाकिस्तान तनावले आइपीएल स्थगित, बाँकी खेल यूएइमा हुने

      - २ हप्ता अगाडि
      वैशाख २६,२०८२

      काठमाडौं, भारत र पाकिस्तानबीच चुलिएको तनावको प्रभाव दुवै देशको क्रिकेट लिगमा परेको छ । भारतले आयोजना गरिरहेको आइपीएल अनिश्चितलकालका लागि स्थगित गरिएको छ । 

      हिजो आइपीएलको खेल चल्दाचल्दै फ्लड लाइट बन्द गरिएको थियो । यद्यपि, मुख्य कारण सुरक्षाको थियो । पाकिस्तानले ड्रोन आक्रमण गरेको हल्लापछि खेल रोकिएको सञ्चारमाध्यमहरूले जनाएका छन् । दिल्ली क्यापिटल्स र पञ्जाब किङ्सबीचको खेल १०.१ ओभरमा पुग्दा अचानक फ्लडलाइट निभेको थियो । त्यसपछि रंगशाला पूर्णरुपमा खाली गरियो । खेलाडीहरू र अफिसियलहरुलाई स्पेसल ट्रेनबाट दिल्ली पु¥याइयो । 

      अर्को निर्णय नभएसम्मका लागि प्रतियोगिता स्थगन गरेको हो । आइपीएलमा अहिलेसम्म ५८ खेल भइसकेका छन् । अब समूह चरणमा १२ खेल मात्रै खेलाउन बाँकी छ । क्रिकइन्फोका अनुसार पीएसएलका बाँकी खेलहरु यूएईमा हुनेछन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d