काठमाडौं, इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्टस् खेल्दैछन् । खेल विशाखापट्टनममा नेपाली समय अनुसार बेलुकी पौने ८ बजे हुनेछ ।
१८ औँ संस्करणको आईपीएल क्रिकेटमा हिजो भएको पहिलो खेलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई ४४ रनले हरायो । यस्तै दोश्रो खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इण्डियन्सलाई चार विकेटले हरायो । आईपीएल क्रिकेट मे २५ तारिखसम्म चल्नेछ ।
दिल्ली र लखनउ दुवै टोली यसपटक नयाँ कप्तानका साथ खेल्दै छन् । अक्षर पटेल दिल्लीको कप्तान छन् भने यसअघि दिल्लीको कप्तान रहेका रिषभ पन्त यसपटक लखनउमा छन् ।दुवै टोलीले हालसम्म आईपीएलको उपाधि जितेका छैनन् । लखनउ सन् २०२२ मा भित्रिएको नयाँ फ्रेन्चाइज हो ।








