माघ ६,२०८२ / ०२ : ०५ पूर्वान्ह / 2026-01-20 02:05 am
      • param ad
      • furniture
      • veera Incorporation

      फिफा महिला वरियतामा नेपालको ४ स्थान सुधार

      - एक हप्ता अगाडि
      फागुन २३,२०८१

      फिफा महिला वरियतामा नेपालको चार स्थान सुधार भएको छ । 

      विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ४ स्थार सुधार गर्दै ९९औं स्थानमा उक्लिएको छ । यसअघि १०३औं वरियतामा रहेको नेपाल यसअघिको अंकबाट ३.६२ अंक बढाउँदै नयाँ वरियतामा ९९औं स्थानमा उक्लिएको हो । एसियाली राष्ट्रहरुमध्ये नेपाल १९औं स्थानमा छ । नेपालले गत फेब्रुअरीमा घरेलु मैदानमा चारदेशीय फुटबल प्रतियोगिता खेलेको थियो जहाँ लेबनान र कीर्गिस्तानलाई हराउँदा म्यानमारसँग एक खेल बराबरी गरेको थियो भने फाइनलमा म्यानमारसँग पराजित भएको थियो ।

      फिफा वरियताको शीर्ष स्थानमा अमेरिकी टोली यथावत् रहँदा स्पेन दोस्रो, जर्मनी तेस्रो र इंग्ल्याण्ड चौथो स्थानमा यथावत् छन् । पुरूषतर्फको वरियतामा भने नेपाल १७५औं स्थानमा छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d