फागुन १,२०८२ / ०७ : १८ पूर्वान्ह / 2026-02-13 07:18 am
      • param ad
      • furniture
      • veera Incorporation

      उद्घाटन खेलमा बलियो म्यानमारले लेबननलाई हरायो

      - ३ हप्ता अगाडि
      फागुन ५,२०८१

      काठमाडौं,अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा आयोजित ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप–२०२५’ को सोमबार खेलिएको उद्घाटन खेलमा म्यानमारले लेबननलाई ३–१ गोलले हराएको छ । 

      दशरथर रंगशालामा खेलिएको उक्त खेलमा चारवटै गोल दोस्रो हाफमा भएको थियो । पहिलो हाफमा बलियो म्यानमारलाई गतिलो चुनौति दिएको लेबननले दोस्रो हाफमा भने लय गुमाएको थियो । निर्धारित समयको ५७औँ मिनेटमा म्यानमारले खेलमा अग्रता लिएको थियो । 

      म्यानमारका लागि पहिलो गोल कप्तान विन थिङ्गी तुनले गरेकी थिइन् । त्यसको तीन मिनेटपछि नै लेबननकी लायला स्कन्दरले जवाफी गोल फर्काएकी थिइन् । निर्धारित समयको ७२औँ मिनेटमा म्यानमारका लागि स्वे यी तुनले दोस्रो गोल गरेकी थिइन् । निर्धारित समयको ७५औँ मिनेटमा म्यानमारका लागि सान थले तेस्रो गोल थपेकी थिइन् । 

      त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन् । प्रतियोगिताको दोस्रो खेल सोमबार नै आयोजक नेपाल र किर्गिस्तानबिच खेलिने छ । आजै एन्फाले अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको छ । 

        सम्बन्धित समाचारहरु