काठमाडौं, आफ्नो करिअरको उत्कृष्ट समय रियलको लागि व्यतीत गरेका ३६ वर्षीय ब्राजिलियन स्टार मार्सेलोले फुटबलबाट संन्यास लिएको घोषणा गरेका छन् ।
पछिल्लो दुई दशकका सबैभन्दा भरपर्दो ‘सेन्टर ब्याक’को छवि बनाएका रियल म्याड्रिका पूर्वस्टार मार्सेलोले २५ वटा ट्रफी जितेर आफूलाई ट्रफी किङको रूपमा स्थापित गरेर फुटबलको मैदानबाट बिदा भएका हुन् । १८ वषर््ाकै उमेरमा खेल जगतमा प्रवेश गरेका उनले सबै कुराका लागि सबैलाई धन्यवाद भन्दै मैदानबाट बिदा लिने क्रममा खेलाडीको रूपमा आफ्नोे यात्रा टुङ्गिएपनि फुटबलका लागि अझै धेरै गर्न बाँकी रहेको बातएका छन् ।
मार्सेलोको संन्यासपछि रियल म्याड्रिका अध्यक्ष फ्लेटिन्हो पेरेजले उनी अहिलेको समयको सबैभन्दा उत्कृष्ट सेन्टरब्याक भएको प्रतिक्रिया दिदै रियलको परिवारमा उनलाई सधैँ स्वागत गर्न तयार रहेको बताएका छन् । ब्राजिलियन क्लब फ्लुमिनेसेबाट व्यावसायिक फुटबलको सुरुवात गरेका मार्सेलोले ब्राजिलको लागि सन् २००५ मा अण्डर १७ बाट आफ्नो फुटबल करिअर सुरु गरेका थिए ।
आक्रमक सेन्टर ब्याकको छवि बनाएका उनले त्यसयताको वर्ष सफलता मात्र हात पारे । आफू १८ वर्ष हुँदै सन् २००७ मा स्पेनको रियल म्याड्रिडबाट फुटबल खेल्न थालेका उनले त्यहाँ ५ वटा च्याम्पियन्स लिग र ६ वटा ला–लिगाको उपाधि समेत जिते । देशको लागि देशको लागि एउटा फिफा अन्तरमहादेशीय उपाधि जितेको मार्सेलोले सन् २०१४ र २०१८ मा ब्राजिलको तर्फबाट विश्वकप फुटबलमा नियमित स्थान समेत बनाएका थिए ।
उनको गजबको प्रदर्शनलाई मध्यनजर गर्दै स्पेनिस महारथी रियल म्याड्रिडले सन् २०२१ मा उनलाई क्लबको कप्तान समेत बनायो । क्लबको इतिहासको ११७ वर्षमा स्पेन बाहिरका खेलाडीलाई कप्तान बनाइएको यो पहिलो अवसर थियो । ब्राजिलको लागि ५८ खेल खेलेका मार्सेलोको लागि क्लब फुटबल भने निकै सफल बन्यो । रियलमा उनले चाहे जति सबै उपाधि जितेका छन् ।
शान्त तर निकै चलाख सेन्टर ब्याकको रूपमा परिचय बनाएका मार्सेलोलाई उनका नजिकका सहकर्मीहरूले निकै मिलनसार फुटबलरको रूपमा भन्ने गरेका छन् । मार्सेलोको संन्यासपछि उनको रियलमा रहँदाको सहयात्री रोनाल्डोले पनि सामाजिक सञ्जालमा सन्देश दिदै उनको जीवनको नयाँ चरणमा शुभकामना दिएका छन् ।
मार्सेलोको संन्यासलाई विश्व फुटबलका मिडियाहरूले “एउटा लिजेन्ट”को संन्यास शीर्षकमा सम्मान दिएका छन् । नियमित फुटबलबाट संन्यास लिएका मार्सेलोको अबको बाटोको विषयमा उनले प्रष्ट भनेका छैनन् । तर उनको भिडियो सन्देश र रियल अध्यक्षको भनाइबाट उनी कुनै रूपमा पुनः रियलसँग आबद्ध हुने सम्भावनाहरू भने आँकलन गर्न सकिन्छ ।