फागुन १,२०८१ / ०७ : ५४ पूर्वान्ह / 2025-02-13 07:54 am
      • param ad
      • furniture
      • veera Incorporation

      खोखो विश्वकपमा नेपाल र भारत भिड्दै, नेपाललाई च्याम्पियन बन्ने अवसर

      - ३ हप्ता अगाडि
      माघ ६,२०८१

      खो खो विश्वकप अन्तर्गत आज महिला र पुरुष तर्फको फाइनल खेल हुँदैछ । दुवैतर्फ नेपाल र भारतबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । नेपालको खो खो खेलाडी टोलिले विश्वकप प्रतियोगिताको फाइनलमा स्थान बनाएर इतिहास बनाएका छन् । 

      भारतको इन्दिरा गान्धी इन्डोर रङ्गशालामा महिलातर्फको पहिलो सेमिफाइनलमा नेपालले युगान्डालाई ८९–१८ ले सहजै हरायो । यो नतिजाले नेपाली खेल क्षेत्रमा इतिहास निर्माण गरेको छ । नेपालले कुनै पनि खेलमा यसअघि विश्वकपको उपाधि भिडन्तमा स्थान बनाएको छैन । 

      महिला टिमले उपलब्धि हासिल गरेको केही घन्टापछि नै नेपालको पुरुष टिमले पनि इरानलाई ७२–२० ले हराएर उपाधि भिडन्तमा स्थान बनाई नेपाली खेल समर्थकलाई दोहोरो खुसी प्रदान गरेको छ । नेपाली महिला टिम अपराजित रहँदै फाइनलमा पुगेको हो । नेपालले भुटानलाई ९३–२४, जर्मनीलाई ७३–३४, श्रीलङ्कालाई ११०–१० र बङ्गलादेशलाई ८४–२४ ले हराएर समूह सी विजेताका रूपमा क्वाटरफाइनलमा स्थान बनाएको थियो । 

      नेपालको पुरुष टिमले प्रतियोगिताको सुरुवात हारबाट गरेको थियो । उद्घाटन खेलमा भारतसँग प्रतिस्पर्धात्मक स्कोरमा ४२–३७ ले पराजित नेपालले त्यसपछि पेरु, ब्राजिल, भुटान र बङ्गलादेशलाई हराएर अन्तिम चारमा स्थान बनाएको हो । 

      उपाधिका लागि आज दुवै टोलीले भारतसँग फाइनल खेल्ने छ । महिला फाइनल खेल राति ७ बजे र पुरुष फाइनल राति सवा ८ बजे भारतमा हुनेद्ध । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d