फागुन १,२०८१ / ०८ : २५ पूर्वान्ह / 2025-02-13 08:25 am
      • param ad
      • furniture
      • veera Incorporation

      साहब बने जय ट्रफीको सर्वोत्कृष्ट खेलाडी

      - ३ हप्ता अगाडि
      माघ ४,२०८१

      जय ट्रफी मेन्स एलिट कप प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी त्रिभुवन आर्मी क्लबका साहब आलम घोषित भएका छन् । साहबले प्रतियोगितामा खेलेको ४ खेलको ८ इनिङमा ३३ विकेट लिएका थिए ।

       साहबले १ सय २७.५ ओभरमा ३३ मेडन राख्दै २.८८ को इकोनोमिमा रन खर्चिएका थिए । उनले ४ इनिङमा ५ विकेट लिएका थिए । साहब एलिट कपको उत्कृष्ट बलर समेत बनेका छन् । यो अवार्ड लिग चरणको प्रदर्शनको आधारमा दिइएको थियो । लिग चरणको खेलमा साहबले २१ विकेट लिएका थिए । मधेश प्रदेशका ओपनर मयन यादव प्रतियोगिताको उत्कृष्ट ब्याटर चुनिए । उनले ३ खेलमा १ शतक तथा १ अर्धशतकको सहयोगमा २ सय ६८ रन जोडेका थिए । प्रतियोगितामा शतक प्रहार गर्ने मयन एक मात्र खेलाडी रहेका थिए । 

      फाइनलको दुवै इनिङमा गरेर ११ विकेट लिने नेपाल पुलिस क्लबका सागर ढकाल प्लेयर अफ द फाइनल भए । बिहीवार विभागीय ड्रर्बी फाइनलमा आर्मीलाई २८ रनले पराजित गर्दै पुलिस च्याम्पियन भएको थियो । पहिलो संस्करणको जय ट्रफी मेन्स एलिट कपमा पछिल्लो पिएम कपका शीर्ष ४ (नेपाल पुलिस, त्रिभुवन आर्मी, मधेश प्रदेश र बागमती प्रदेश) टोलीको सहभागिता थियो । 

      लिग चरणका खेल दुई दिवसीय र फाइनल तीन दिवसीय फम्र्याटमा भएको थियो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d