भारतमा जारी खोखो विश्वकपको सेमिफाइनल प्रवेशका लागि नेपाली पुरुष तथा महिला टोलीले आज दुवै खेल खेल्दैछ । भारतको इन्दिरा गान्धी इन्डोर स्डेडियममा दुवै खेल हुनेछन् ।
नेपाली पुरुष टोलीले साँझ पौने ६ बजे समूह एकको विजेता बंगलादेशसँग खेल्न लागेको हो । यस्तै महिलातर्फको क्वाटरफाइनलमा नेपालले इरानसँग खेल्ने छ । नेपाल र इरानको महिला टोलीबीचको क्वाटरफाइनल खेल अपरान्ह पौने ५ बजे सुरू हुनेछ । विजेताले युगाण्डा र न्युजिल्याण्डबीचको विजेतासँग सेमिफाइनल खेल्ने छन् । विजेताले इरान र केन्याबीचको विजेतासँग फाइनल प्रवेशका लागि खेल्ने छन् । नेपालको महिला टोली समूह सी को विजेताका रूपमा क्वाटरफाइनलमा पुगेको थियो ।
आफ्नो समूहमा अपराजित रहेको नेपालले पहिलो खेलमा भुटानलाई, दोस्रो खेलमा जर्मनीलाई, तेस्रो खेलमा श्रीलंकालाई तथा चौथो खेलमा बंगलादेशलाई हराएको थियो । त्यसैगरी पुरूषतर्फ नेपाल समूह ए को उपविजेताका रूपमा क्वाटरफाइनलमा पुगेको थियो । नेपाल समूह चरणको पहिलो खेलमा भारतसँग पराजित हुँदा दोस्रो खेलमा पेरू, तेस्रो खेलमा ब्राजिल र चौथो खेलमा भुटानलाई हराएको थियो ।
चार समूहमा रहेका १९ देशका महिला टोली विश्वकपमा सहभागी छन्। सेमिफाइनलका खेल भोलि हुनेछन् भने उपाधि भिडन्त आइतबार हुनेछ । पुरुष तर्फ भने २० देश सहभागी भएका थिए ।