फागुन १,२०८१ / ०७ : ३० पूर्वान्ह / 2025-02-13 07:30 am
      • param ad
      • furniture
      • veera Incorporation

      नेपाली पुरूष टिम खो खो विश्‍वकपको क्‍वाटरफाइनलमा, महिलातर्फ पनि बलियो सम्भावना

      - ३ हप्ता अगाडि
      माघ ३,२०८१

       काठमाडौं । नेपाली पुरूष खो खो टिम भारतमा जारी खो खो विश्वकपको क्‍वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबारको खेलमा भुटानलाई हराउँदै नेपाल क्‍वाटरफाइनलमा पुग्ने पक्का भएको हो ।

      समूह ए अन्तर्गत बिहीबार भएको खेलमा नेपालले भुटानलाई ९८–८ अंकको अन्तरले हराएको हो । त्यसअघि बुधबार भएको खेलमा नेपालले ब्राजिललाई १३४–८ को फराकिलो अन्तरले हराएको थियो । नेपालको यो दोस्रो जित हो ।

      पहिलो खेलमा भारतसँग पराजित भएको नेपालले दोस्रो खेलमा पेरूलाई पराजित गरेको थियो । अब भुटानले भारतसँग खेल्न बाँकी छ । उक्त खेलपछि दुईमध्ये एक टोली क्‍वाटरफाइनलमा पुग्ने छन् ।

      महिलातर्फ पनि नेपालले लगातार तीन खेल जित्दै क्‍वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । हरेक समूहबाट शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d