फागुन १,२०८१ / ०९ : १८ पूर्वान्ह / 2025-02-13 09:18 am
      • param ad
      • furniture
      • veera Incorporation

      खो खो विश्वकप आजदेखि : उद्घाटन खेलमा नेपालले भारतसँग खेल्दै

      - ३ हप्ता अगाडि
      पौष २९,२०८१

      खो खो विश्वकप आजदेखि भारतमा सुरु हुँदैछ । खो खो खेलको इतिहासमा पहिलो पटक विश्वकप हुन लागेको हो र यसमा पुरुष र महिला दुवैको विश्वकप एकसाथ हुँदैछ ।

      दक्षिण एसियामा धेरै चर्चित रहेको खो खो विश्वकपमा विश्वभरका कूल २३ देशको सहभागिता छ । जसमा २० पुरुष टिम र १९ महिला टिमले प्रतिस्पर्धा गर्नेछन् ।

      खो खो विश्वकप अन्तर्गत आज पुरुषतर्फको उद्घाटन खेल हुनेछ । जसमा आयोजक राष्ट्र भारत र नेपालबीच प्रतिस्पर्धा हुनेछ । खेल नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा नेपाली समय अनुसार राती ८ः४५ बजे सुरु हुनेछ । 

      भारत र नेपालसँगै समूह ए मा भुटान, ब्राजिल र पेरु छन् । यस्तै समूह बी मा इरान नेदरल्याण्ड्स, अर्जेन्टिना, घाना र दक्षिण अफ्रिका छन् । समूह सी मा बंगलादेश, श्रीलंका, दक्षिण कोरिया, अमेरिका र पोल्याण्ड तथा समूह डी मा इंग्ल्याण्ड, जर्मनी, मलेसिया, अष्ट्रेलिया र केन्या छन् ।

      यसैगरी महिलातर्फ भारत, इरान, दक्षिण कोरिया र मलेसिया समूह ए मा, इंग्ल्याण्ड, अष्ट्रेलिया, केन्या र युगान्डा र नेदरल्याण्ड्स समूह बी मा छन् । दक्षिण एसियाका चार राष्ट्र नेपाल भुटान, श्रीलंका र बंगलादेशसहित जर्मनी समूह सी मा रहँदा दक्षिण अफ्रिका, न्युजिल्याण्ड, पोल्याण्ड, पेरु र इन्डोनेसिया समूह डी मा छन् ।

      महिला र पुरुष दुवैमा सहभागी टोलीलाई चार–चार समूहमा विभाजन गरिएको छ । महिला र पुरुष दुवैमा समूह चरणको खेलपछि चारै समूहबाट शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । दुवैतर्फको फाइनल खेल १९ जनवरीमा हुनेछ ।

      एसियन खो खो च्याम्पियनसिपमा पदक जितिसकेको नेपालले विश्वकपमा पनि कुनै न कुनै पदक जित्ने लक्ष्य राखेको छ । नेपालको कप्तानी पुरुषतर्फ हेमराज पनेरु र महिलातर्फ सरस्वती कठायतले गर्नेछन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d