फागुन १,२०८१ / ०९ : ०३ पूर्वान्ह / 2025-02-13 09:03 am
      • param ad
      • furniture
      • veera Incorporation

      यू–१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाई

      - १ महिना अगाडि
      पौष २६,२०८१

      काठमाडौं, आउँदो माघ ५ गतेदेखि मलेसियामा हुने यू–१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाई गरिएको छ ।

      उनीहरूलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितिमा क्यानका उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायत क्यानका सदस्य तथा महिला सिनियर टिमकी कप्तान इन्दु बर्माले शुभकामना सहित टोलीको शुबmबार बिदाइ गरेका हुन् । बिदाइ कार्यक्रममा बोल्दै क्यानका सचिव पारस खड्काले टोलीलाई कुनै पनि दबाब नलिइकन खेल्न आग्रह गरे । 

      मन्त्री तेजुलाल चौधरीले उमेरमा सानो भएपनि उत्कृष्ट खेल प्रदर्शन गर्नेमा विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा बोल्दै यू–१९ कप्तान पूजा महतोले क्यानले आफूलाई कप्तानको भूमिका दिएकोमा धन्यवाद व्यक्त गर्दै विश्वकपमा राम्रो प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । नेपाली यू–१९ महिला टिम शनिबार दिउँसो मलेसिया प्रस्थान गर्नेछ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d