माघ १२,२०८१ / ०७ : २५ पूर्वान्ह / 2025-01-25 07:25 am
      • param ad
      • furniture
      • veera Incorporation

      सुदूरपश्चिमको पहिलो हार, चितवनसँग ३३ रनले पराजित

      - २ हप्ता अगाडि
      मंसिर २३,२०८१

      काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले पहिलो हार व्यहोरेको छ । आफ्नो चौथो खेलमा चितवन राइनोजले दिएको १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १८ ओभर २ बलमा १३१ रनमा समेटियो ।

      सुदूरपश्चिमका इशान पाण्डेले ३५ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन । सैफ अली जैबले १८, विनोद भण्डारी १०, ब्रान्डन म्याकमुलेन १३ रन बामए । कप्तान दीपेन्द्रसिंह ऐरीले १ रन मात्र जोड्न सफल भए । बलिङमा चितवनका रिजन ढकाल, निकोल लोफ्टी–इटन, कप्तान कुशल मल्ल, र अमरसिंह रौटेलाले २–२ विकेट लिए । त्यसअघि टीयु क्रीकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो । 

      चितवनका हसन एइसाखिलले सर्वाधिक ६५ रन जोड्दा रवि बोपाराले आक्रमक ब्याटिङ गरे । उनले १८ बलमा ३६ रन बनाए । कप्तान कुशल मल्लले १३ र बिपिन रावलले १७ रनको योगदान दिए । एनपीएलमा सुदूरपश्चिमको यो पहिलो हार हो भने चितवनको यो तेस्रो जित हो । कर्णाली याक्ससँग पराजित भएको चितवनले काठमाडौं गुर्खाज र पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d