काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा कर्णाली याक्सले पहिलो जित हासिल गरेको छ । कर्णाली याक्सले शुक्रबार सम्पन्न पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजीत गरेको हो ।
बलिङमा विपिन शर्माको ३ विकेट अनी ब्याटिङमा शिखर धवनको ४५ रन मदतमा कर्णालीले शुक्रबार चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको हो ।
कर्णाली यसअघि जनकपुर बोल्ट्स र काठमान्डु गुर्खाजसँग पराजित भएको थियो । पहिलो जितपछि कर्णालीले दुई खेलको हारको शृंखलाई ब्रेक गर्दै २ अंक जोडेको छ ।
यसअघि लगातार दुई खेल जितेर लयमा रहेको चितवनको यो पहिलो हार हो । धवनले ४५ रन बनाएपछि कर्णालीले १३१ रनको लक्ष्य ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । यस्तै चाडविक वाल्टनले ३० तथा देव खनालले २५ रन बनाए । जिसान मक्सुदले अविजित १२ रन बनाए ।