माघ १२,२०८१ / ०८ : ४४ पूर्वान्ह / 2025-01-25 08:44 am
      • param ad
      • furniture
      • veera Incorporation

      सुदूरपश्चिमको लगातार दोस्रो जित, काठमान्डु ७३ रनले पराजित

      - २ हप्ता अगाडि
      मंसिर २०,२०८१

      काठमाडौं, नेपाल प्रिमियर लिग एनपीएलमा सुदूरपश्चिम रोयल्सले काठमान्डु गुर्खाजलाई ७३ रनले पराजित गरेको छ । बिहीबार भएको खेलमा १६८ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको काठमान्डु गुर्खाज १५.५ ओभरमा ९४ रन बनाएर अलआउट भएको हो । 

      सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो भने काठमान्डुको दोस्रो हार हो । काठमान्डुका लागि स्टीफन एस्किनाजीले ३७ रन बनाए । सुमित महर्जनले १४, गेर्हार्ड इरास्मसले १० र भीम सार्कीले १० रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । सुदूरपश्चिमका लागि नरेन साउदले ४ विकेट लिए । अविनाश बोहराले २, तथा सैफ जैब र ब्राण्डन म्याकमुलनले १–१ विकेट लिए । 

      यसअघि सुदूरपश्चिमले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा १६७ रन बनाएको थियो । सुदूरपश्चिमका लागि ब्राण्डन म्याकमुलनले अर्धशतकीय पारी खेले । उनले ३६ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ५३ रन जोडे । यस्तै कप्तान दीपेन्द्रसिँह ऐरीले ४३ र विनोद भण्डारीले ३५ रन बनाए । काठमाण्डौका रशिद खानले दुई तथा हेरहार्ड इरास्मस, शहाब आलम र करण केसीले एक–एक विकेट लिए । सुदूरपश्चिमले अहिलेसम्म खेलका दुवै खेल जितेको छ । काठमाण्डौले तीन खेलमा एक जीतसहित दुई अङ्क जोडेको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d