माघ १२,२०८१ / ०८ : ३१ पूर्वान्ह / 2025-01-25 08:31 am
      • param ad
      • furniture
      • veera Incorporation

      एनपीएलमा विराटनगरको रोमाञ्चक जित

      - २ हप्ता अगाडि
      मंसिर १९,२०८१

      काठमाडौं, नेपाल प्रिमियर लिग(एनपीएल) मा विराटनगर किङ्सले पहिलो जित दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई २ विकेटले हराएको हो । 

      लुम्बिनीले दिएको १९२ रनको लक्ष्य बिराटनगरले एक बल बाँकी छँदा हासिल गरेको हो । दुवै तर्फबाट रन वर्षा भएको खेलको अन्त्यमा हिरो भए स्कटल्यान्डका क्रिस सोल । नवौं विकेटका रुपमा सोल क्रिजमा आउँदा बिराटनगरलाई ४ बलमा १३ चाहिएको थियो ।

      उनले विवेक यादवलाई एक छक्का र दुई चौका हान्दै लुम्बिनीलाई स्तब्ध बनाए । विराटनगरका लागि लोकेश बमले अर्धशतकीय पारी खेले । लोकेशले ४७ बलमा ७१ रन बनाए । उनले ६ छक्का र ३ चौका प्रहार गरे । यसअघि लुम्बिनीले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १९१ रन बनाएको थियो । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d