माघ ६,२०८२ / ०२ : ३६ पूर्वान्ह / 2026-01-20 02:36 am
      • param ad
      • furniture
      • veera Incorporation

      करणको आक्रामक ब्याटिङमा काठमाडौंको पहिलो जित

      - १ वर्ष अगाडि
      मंसिर १९,२०८१

      काठमाडौं, नेपाल प्रिमियर लिग एनपीएलमा काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको खेलमा काठमाडौंले कर्णालीलाई ३ विकेटले पराजित गरेको हो । 

      कर्णालीले दिएको १५० रनको लक्ष्यमा काठमाडौंले १९.३ ओभरमा ७ विकेटको क्षतिमा पूरा ग¥यो । काठमाडौंका लागि गेर्हार्ड इरास्मसले ३८ र माइकल लेभिटले २२ रन बनाए । सुमित महर्जनले ४० अविजित र करण केसीले २८ रन बनाए । कर्णालीका लागि नन्दन यादव, गुल्शन झा, जिशान मक्सुद र विपिन शर्माले १–१ विकेट लिए । 

      यसअघि ब्याटिङ गरेको कर्णालीले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १४९ रन बनाएको थियो । कर्णालीका लागि ओपनर शिखर धवनले अविजित ७२ रन बनाए । उनले ५१ बलमा ४ चौका र ५ छक्क प्रहार गरे । शिखरले ४२ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ५१ रन अर्धशतक बनाए । अब अर्को खेलमा लुम्बिनी लायन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d