माघ १२,२०८१ / ०९ : १० पूर्वान्ह / 2025-01-25 09:10 am
      • param ad
      • furniture
      • veera Incorporation

      कर्णाली याक्समाथि जनकपुर बोल्ट्सको शानदार जित

      - ३ हप्ता अगाडि
      मंसिर १७,२०८१

      नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो खेलमा कर्णाली याक्समाथि जनकपुर बोल्ट्सले शानदार जित निकालेको छ । कर्णालीले दिएको १४२ रनको लक्ष्य पछ्याएको जनकपुरले १५ ओभर १ बलमा २ विकेट गुमाएर पूरा ग¥यो । जनकपुरका कप्तान अनिलकुमार शाहले अर्धशतकीय इनिङ खेले । 

      कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा जनकपुरले कर्णालीलाई ८ विकेटले पराजित गरेको हो । त्यसअघि टीयु क्रिकेट मैदानमा जनकपुरविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो कर्णालीका कप्तान सोमपाल कामी र अर्जुन घर्तीले आक्रामक ब्याटिङ गरे । 

      सोमपाल १३ बलमा २९ रनमा अविजित रहे। अर्जुनले २२ बलमा ३३ रन बनाए । पछिल्लो २ ओभरमा कर्णालीले ४३ रन जोड्यो अर्जुनले १९औं ओभरमा २२ रन प्रहार गरेका थिए । नेपालकै गुल्सन झाले ३६ रनको योगदान दिए । एक खेलको ४० लाख पारिश्रमिकमा एनपीएलले खेल्न आएका शिखरले १४ बलमा १४ रन बनाउँदै आउट भए । 

      चाडविक वाल्टन ८, बाबर हायत १२ र जिसन मक्सुद शुन्य रनमा आउट भए । बलिङमा जनकपुरका मोहम्मद मोहसिनले सर्वाधिक २ विकेट लिए । जनकपुरको यो दोस्रो जित हो । यसअघि शनिबार भएको पहिलो खेलना जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको थियो ।


        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d