मंसिर २६,२०८१ / ०९ : १७ अपरान्ह / 2024-12-11 09:17 pm
      • param ad
      • furniture
      • veera Incorporation

      दर्शकको क्रेजमा आगो थप्दै एनपीएल, भोलि ऐतिहासिक उद्घाटनमा हुदै

      - एक हप्ता अगाडि
      मंसिर १४,२०८१

      काठमाण्डौ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) भोलिदेखि शुरू हुँदैछ । एनपीएललाई लिएर स्वदेश र विदेशमा रहेका नेपाली क्रिकेटप्रेमी उत्साहित हुँदै खेलको प्रतीक्षा गरिरहेका छन् ।

      यस प्रतियोगिता सशक्त टिम र विश्व क्रिकेटका चर्चित खेलाडीको सहभागिताका कारण पनि बढी चर्चामा छ । क्रिकेट टिममा भइरहेको लगानी र आकर्षणले पनि नेपाली क्रिकेटप्रति सार्वजनिक चासो बढ्दो छ ।

      काठमाण्डौको कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा भोलि एनपीएलको भव्य शुभारम्भ हुने क्यानका प्रवक्ता छुम्बी लामाले बताएका छन् । उद्घाटन खेल विराटनर किङ्स र जनकपुर बोल्टबीच हुनेछ ।

      नेपाली क्रिकेटका लागि एनपीएल आयोजना हुनु ठूलो उपलब्धि भएको र देशविदेशका नेपाली र विदेशी क्रिकेटप्रेमीहरूले समेत यो प्रतियोगितालाई चासोपूर्वक लिएका भन्दै लामाले क्रिकेटप्रति नेपालीहरूले देखाएको उत्साह र समर्पणले क्यानलाई पनि ऊर्जा थपिएको बताए ।

      घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपीएलमा आठ फ्रेञ्चाइज टिम विराटनगर किङ्स, जनकपुर बोल्ट, चितवन राइनोज, काठमाण्डौं गुर्खाज, पोखरा एभेन्जर्स, कर्णाली याक्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

      स्वदेश तथा विदेशका चर्चित खेलाडीको खेल कौशल हेर्न त्रिवि क्रिकेट मैदानमा दर्शकको बाक्लो उपस्थिति रहने निश्चित छ । 

        सम्बन्धित समाचारहरु