मंसिर २६,२०८१ / १० : ३३ अपरान्ह / 2024-12-11 10:33 pm
      • param ad
      • furniture
      • veera Incorporation

      पैसाको अभावमा विश्वकप क्रिकेट खेल्न नेत्रहीन टोली रेलबाटै पाकिस्तान प्रस्थान

      - २ हप्ता अगाडि
      मंसिर ६,२०८१

      काठमाण्डौ – नेत्रहीन टी–२० विश्वकप क्रिकेट खेल्न नेपाली टोली पाकिस्तान प्रस्थान गरेको छ । हिजो रुपन्देहीको भैरहवामा रुपन्देही क्रिकेट सङ्घले बिदाई गरेपछि नेपाली टोली बेलहिया नाका हुँदै भारत प्रस्थान गरेको हो ।

      हवाइजहाजको टिकट किन्न रकमको अभावले नेपाली टोली गाडी र रेल हुँदै पाकिस्तान पुग्नेछ । यसअघि पनि नेपाली टोली गाडी र रेल हुँदै पाकिस्तान पुगेको थिया ।

      खेलाडीहरुले खासै गुनासो नगरे पनि पैसाकै अभावमा टोली गाडी र रेलबाट पाकिस्तान जान थालेको र यो विषयमा सरकार गम्भीर हुनुपर्ने रुपन्देही क्रिकेट सङ्घका अध्यक्ष हरिबहादुर थापाले बताएका छन् ।

      नेपाली राष्ट्रिय क्रिकेट टोलीले राम्रो प्रगति गरेको र सेवा सुविधा पनि बढ्दै गएको अवस्थामा नेत्रहीन टोली विश्वकप खेल्नको लागि गाडी र रेलबाट अरु देशमा जानुपर्ने अवस्था सुहाउँदो नभएको थापाको भनाइ छ । 

      नेपाली टोलीमा खेलाडी, अफिसियल, कोच, व्यवस्थापक र मेडिकल टिमसहित २१ जना टोलीमा छन् । चौथो संस्करणको नेत्रहीन टी–२० विश्वकप पर्सि नोभेम्बर २३ तारिखदेखि डिसेम्बर ३ सम्म पाकिस्तानको लाहोर र मुल्तानमा हुँदैछ । 

        सम्बन्धित समाचारहरु