काठमाडौं । नेपाल क्रिकेट संघका सचिव पारस खड्काले स्टार स्पोर्ट्सलाई पैसा दिएर नेपाल प्रिमियर लिगको प्रत्यक्ष प्रशारण गराउन लागिएको बताएका छन् ।
उनले स्टार स्पोर्ट्ससँग गरिएको सम्झौताको रकम भने खुलाएनन् ।
संसारभरका ठूला खेलाडीलाई नेपाल ल्याएर खेलाउनका लागि स्टार स्पोर्ट्समा पैसा तिरेर लाइभ गर्नुपर्ने बाध्यता परेको पारसले तर्क गरे ।
उनले नेपाली क्रिकेटलाई विश्वमाझ देखाउन स्टार स्पोट्र्ससँग सम्झौता गरेको र अहिलेको लागिे केही पैसा तिर्नु पर्ने उल्लेख गरे ।
स्टार स्पोर्ट्सले प्रशारण मात्रै गर्छ कि प्रोडक्सन पनि गर्छ भन्नेमा उनले स्पष्ट जवाफ दिएनन् । स्थानीय प्रशारकको पनि चाँडै घोषणा गर्ने उनले बताए ।
उनले एनपीएलको टाइटल स्पोन्सर गरेको सिद्धार्थ बैंकसँग गरिएको सम्झौताको रकम पनि खुलाएनन् । यद्यपि, यो रकम ‘रेकर्ड ब्रेकिङ’ रहेको उनले बताए । साथै, एनपीएलको कुल आम्दानीको ५० प्रतिशत फ्रेन्चाइज टिमहरु पाउने पारसले जानकारी दिए ।