कार्तिक २९,२०८१ / ०५ : ५० पूर्वान्ह / 2024-11-14 05:50 am
      • param ad
      • furniture
      • veera Incorporation

      फाइनलमा बंगलादेशले जित्यो उपाधि,नेपाल फेरि उपविजेतामा सीमित

      - एक हप्ता अगाडि
      कार्तिक १४,२०८१

      काठमाण्डौ, साफ वुमन्स च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशले घरेलु टोली नेपाललाई २–१ गोल अन्तरले हराएको हो ।  नेपाल फेरि एक पटक उपाधिको नजिक पुगेर चुकेको छ ।

      पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएपछि दोस्रो हाफको सुरुवातमा बंगालदेशले नेपालको डिफेन्सको गल्तीको फाइदा उठाउँदै अग्रता लिएको थियो । बंगलादेशले खेलको ८०औं मिनेटमा गोल गर्दै २–१ को अग्रता लिएको हो । 

      यसअघि बंगलादेशले नेपालविरुद्ध १–० गोलको अग्रता लिएकोमा नेपालले केहि मिनेटमै गोल गरेर खेल बराबरी गरेको थियो । खेलको ५२औ मिनेटमा बंगलादेशले गोल गर्दै १–० को अग्रता लिएको थियो भने खेलको ५५औं मिनेटमा नेपालका लागि अमिशा कार्कीले गोल गर्दै खेल बराबरी गरेकी थिइन् । 

      योसँगै बंगलादेशले लगातर दोस्रो पटक साफको उपाधि जितेको छ । बंगलादेशले २०२२ को साफ फाइनलमा पनि नेपाललाई पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो ।

       नेपाल सेमिफाइनलमा भारतलाई पेनाल्टिमा ४–२ ले हराउँदै र बङ्गलादेश भुटानलाई ७–१ गोल अन्तरले हराउँदै सातौँ संस्करणको फाइनलमा पुगेका हुन् । नेपालले समूह चरणको खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने माल्दिभ्सलाई ११–० गोलअन्तरले हराएको थियो । 

      त्यसैगरी नेपालले श्रीलङ्कालाई ६–० ले पराजित गरेको थियो । नेपाल यसअघि ५ पटक फाइनल पुगेर पनि उपविजेतामै सीमित भएको थियो । आजको खेलमा नेपाल पहिलोपल्ट उपाधि जित्ने लक्ष्यमा भए पनि फेरी उपविजेतामा सिमित हुन पुग्यो । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d