असोज २८,२०८१ / ०८ : ४६ पूर्वान्ह / 2024-10-14 08:46 am
      • param ad
      • furniture
      • veera Incorporation

      दीपेन्द्रसिंह ऐरी टी–२० अलराउन्डरको विश्व वरियताको दोस्रो स्थानमा

      - एक हप्ता अगाडि
      असोज १६,२०८१

      नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी टी–२० अलराउन्डरको विश्व वरियतामा दोस्रो स्थानमा उक्लिएका छन् ।

       कुनै पनि नेपाली खेलाडीले आईसीसीको विश्व वरियतामा हात पारेको यो अहिलेसम्मकै ठूलो सफलता हो । दीपेन्द्र चार स्थान माथि उक्लिएर दोस्रो स्थान पुग्न सफल भएका हुन् । इङ्ल्यान्डका लायम लिभिङस्टोनमात्र दीपेन्द्रभन्दा अगाडि छन् ।

       टी–२० अलराउन्डरको विश्व वरियतामा नेपालका कुशल मल्ल ४०औं, रोहित पौडेल ५४औं, गुल्शन झा ५६औं र कुशल भुर्तेल ६०औं स्थानमा छन् । करण केसी ७१औं स्थानमा छन् । 

      टी–२० बलरको वरियतामा दीपेन्द्र ७१औं स्थानमा छन् । सोमपाल कामी ९१ स्थानमा छन् । अन्य कुनै पनि नेपाली बलर शीर्ष सयभित्र छैनन् । 

      ब्याटिङतर्फ दीपेन्द्र ४३औं नम्बरमा छन् । रोहित पौडेल ६१औं, आसिफ शेख ७०औं र कुशल मल्ल १००औं स्थानमा छन् ।

        सम्बन्धित समाचारहरु