आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपाल आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दैछ । खेल किङ्ग सिटीमा नेपाली समय अनुसार राति पौने ९ बजे शुरु हुनेछ ।
यस शृङ्खलाको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग एक सय तीन रनको फराकिलो अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपाल ओमानसँग एक विकेटको नजुकमा पराजित भएको थियो । शृङ्खलामा नेपाल, ओमान र क्यानडा सहभागी छन् ।
नेपालको आगामी खेल ओमानसँग असोज ८ गते हुनेछ । यो शृङ्खला सन् २०२७ को विश्वकप छनोटको लागि महत्त्वपूर्ण मानिन्छ र यसमा आठ टोलीहरूको सहभागिता छ । हालको तालिकामा नेपाल छ खेलमा दुई अङ्कसहित सातौँ स्थानमा रहेको छ ।