जारी पेरिस पारा ओलम्पिकमा नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धन क्वाटरफाइनलमा पराजित भएकी छन् ।
शुक्रबार भएको खेलमा के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको यस प्रतिष्पर्धामा पलेशा क्वाटरफाइनलमा ब्राजिलियन खेलाडी सिल्भाना फर्नान्डेससँग १०–८ ले पराजित भएकी थिइन् ।
उनले पहिलो चरणमा भेनेजुएलाकी भलेरिया मोराल्सलाई पराजित गरेकी थिइन् । उनले मोराल्सलाई ३१–० ले पराजित गरेकी थिइन् ।
पलेशा छनोट चरण पार गर्दै पारा ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी हुन् । यसपटक उनी छनोट चरण पार गर्दै पेरिस ओलम्पिकमाउपस्थितभएकीहुन् । टोकियो पारा ओलम्पिकमापनिउनले आफ्नो स्पर्धामा दुई बाउट जितेर गतिलो चर्चा बटुलेकीथिइन् ।
‘वाइल्ड कार्ड’ मार्फत टोकियो ओलम्पिकमा सहभागिताजनाएकीपलेशाले त्यतिबेला अमेरिकाकीब्रियाना सालिनारालाई १०–० स्कोरले हराएकीथिइन् । उनले अर्को खेलमा सर्बियाकीमासिजामिसेभलाई २३–१८ स्कोरले पराजित गरेकीथिइन् । कांश्यपदककालागिभएको भिडन्तमा उनीचीनकी खेलाडी युजीलीसँग ९–१२ स्कोरले पराजितभएकीथिइन् ।पलेशा सन् २०२३ मा चीनमा सम्पन्नएसियालीपारा खेलकुदप्रतियोगितामा देशकालागि ऐतिहासिक कांस्य पदकजित्ने खेलाडी पनिहुन् । त्यसअघि कुनै पनि खेलाडीले एसियालीपारा खेलकुदमापदकजित्न सकेको थिएनन् ।