भाद्र २३,२०८१ / ०८ : ३९ पूर्वान्ह / 2024-09-08 08:39 am
      • param ad
      • furniture
      • veera Incorporation

      साफ यू–२० च्याम्पियनसिप : नेपाललाई हराउदै बंगलादेशले जित्यो उपाधि

      - एक हप्ता अगाडि
      भाद्र १२,२०८१

      साफ यू–२० च्याम्पियनसिपको उपाधि बंगलादेशल जितेको छ । घरेलु टिम नेपालविरुद्ध ४–१ को सहज जित निकाल्दै बंगलादेशले उपाधि चुमेको हो ।

      बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा बंगलादेशलाई जित दिलाउन मिराजुली इस्लामले दुई गोल गरे । मोहम्मद रब्बी हुसेन राहुल र मोहम्मद पिएस अहमेद नोभाले समान एक गोल गरे । 

      पहिलो हाफको इन्जुरी समयमा इस्लामले फ्री किक मार्फत गोल गर्दै बंगलादेशलाई अग्रतामा राखेका थिए । उनले पेनाल्टी बक्सबाहिर आएको फ्रीकिकलाई सोझै गोलमा परिणत गरेका थिए ।

      बंगलादेशले दोस्रो हाफमा दुई गोल थप्यो । ५५औँ मिनेटमा इस्लामले नै गोल गर्दै बंगलादेशको अग्रता दोब्बर बनाए । ७१औँ मिनेटमा राहुलले गोल गरेपछि घरेलु टिमविरुद्ध बंगलादेशले ३–० को अग्रता बनायो ।

      खेलको निर्धारित समय सकिन १० मिनेट बाँकी रहँदा नेपालले एक गोल फर्कायो । नेपालको तर्फबाट फरवार्ड समिरले गोल गरे । तर उनको यो गोल नेपाललाई खेलमा फर्काउन पर्याप्त बनेन ।

      खेलको इन्जुरी समयमा नोभाले गोल गरेपछि बंगलादेशले ४–१ को सहज जित सुनिश्चित गरेको हो ।

      यसअघि प्रतियोगिताको समूह चरणमा नेपालले बंगलादेशविरुद्ध २–१ को जित निकालेको थियो । तर फाइनलमा भने बंगलादेश नेपालमाथि पूर्णरूपमा हाबी रह्यो ।

      भदौ २ गतेदेखि सुरु भएको प्रतियोगितामा आयोजक नेपाल र बंगलादेशसँगै कुल ६ टोलीको सहभागिता थियो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d