भाद्र २३,२०८१ / ०८ : ५७ पूर्वान्ह / 2024-09-08 08:57 am
      • param ad
      • furniture
      • veera Incorporation

      ‘आमा कुस्तीले मलाई जित्यो म हारें अलबिदा कुस्ती’

      - ३ हप्ता अगाडि
      श्रावण २४,२०८१

      पेरिस ओलम्पिकमा कुस्तीमा ५० किलो तौल समूहको फाइनलअघि अयोग्य करार भएपछि भारतीय कुस्तीबाज विनेश फोगाटले सन्न्यासको घोषणा गरेकी छिन् । सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै उनले कुस्तीलाई अलबिदाु भनेकी छिन् ।  उनले लेखेकी छन्  ।

      ‘आमा कुस्तीले मलाई जित्यो, म हारें । माफ गर्नुहोला तपाईंको सपना, मेरो हिम्मत सबै टुटिसक्यो । योभन्दा ताकत अब छैन ।’ अलबिदा कुस्ती । म तपाईंहरु सबैको सदैव ऋणी रहनेछु ।’ । पेरिसमा जारी ग्रीष्मकालिन ओलम्पिक २०२४ मा फोगात ५० केजी तौलको प्रतिस्पर्धामा बढी तौल भएपछि फाइनल खेल्न बाट वन्चित भएकी थिइन्।

      मंगलबार ५० केजी फ्रिस्टाइलतर्फ विश्वकी नम्बर वान् तथा २०२० ओलम्पिककी च्याम्पियन यु सुसाकीलाई प्रि क्वाटरफाइनलमा, युक्रेनकी ओक्सना लिभाचलाई क्वाटरफाइनलमा र क्युबाकी गुज्मानलाई सेमिफाइनलमा हराउँदै फोगाट फाइनलमा पुगेकी थिइन् तर फाइनल खेल अगाडि लिइएको तौलमा उनको वजन १०० ग्राम बढी भएको हुँदा अयोग्य घोषित भएकी हुन्।  योसँगै विनेशले ओलम्पिकमा कुनै पदक जित्न सक्ने छैनन्।

       कुनै पनि कुस्ती प्रतियोगितामा भाग लिने खेलाडीलाई विभिन्न तौल वर्गमा वर्गीकृत गरिन्छ। पप्रतिस्पर्धाको दिन बिहान मेडिकल जाँच र तौल लिइन्छ। नियम भन्छ यस अवधिमा पनि वजनमा कुनै सम्झौता हुँदैन। यदि खेलाडी तौल प्रक्रियामा असफल भए भने उनीहरू प्रतियोगिताबाट बाहिरिन्छन् र अन्तिम स्थानमा राखिन्छन्। फोगाटले एक्स अकाउन्टमा लेखेको स्टाटसमा प्रतिक्रिया दिंदै भारतका पहलवान बजरंग पुनियाले विनेश फोगाट हारेको नभई हराइएको टिप्पणी गरेका छन् । 

      उनले सान्त्वना दिंदै लेखेका छन्, ‘विनेश तिमी हारेकी होइनौ, हराइएको हो । हाम्रा लागि तिमी सदैव विजेता रहनेछौ । तिमी भारतकी छोरी मात्र नभई भारतको गौरव पनि हौ ।’ फोगाट फाइनल खेल्न अयोग्य घोषित भएको केही क्षणमै प्रधानमन्त्री मोदीले ‘एक्स’ मा लेखेको आयास यस्तो थियो, ‘फोगाट च्याम्पियनका पनि च्याम्पियन हुन् । भारतको गौरव र प्रत्येक भारतीयका लागि प्रेरणा हुन् । आजको घटनाले दुःखी बनाएको छ । मैले त्यो पीडालाई अनुभव गरिरहेको छु । बलियो भएर घर फर्किनु ।’ विनेशको पुनरागमन त्यसै रोकियो, तर उनले यहाँसम्म पुग्न गरेको यात्राले देखाउँछ, उनी कति धेरै बहादुर छिन् भनेर ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d