काठमाण्डौ - भारतले श्रीलङ्कालाई हराउँदै काभा महिला भलिबल लिगको फाइनलमा प्रबेश गरेको छ ।
काठमाण्डौको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको पहिलो सेमिफाइनलमा भारतले श्रीलङ्कालाई ३–० को सोझो सेटमा पराजित गर्यो । भारतले पहिलो सेट २५–१५, दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–२३ ले जित्यो ।
त्यसैगरी, आजै दोस्रो सेमिफाइनलमा बेलुकी सवा ५ बजे नेपाल र इरान प्रतिस्पर्धा गर्दैछन् । नेपाल लिगमा दोस्रो स्थानमा रहँदैछ भने इरान तेस्रो स्थानमा रहेको छ । यो खेलको विजेताले भोलि उपाधिका लागि भारतसँग खेल्ने अवसर पाउनेछ ।
पाँच वटा देश सहभागी यस प्रतियोगितामा माल्दिभ्स एक अङ्क पनि नजोडी लिगबाट बाहिरिएको थियो ।