भाद्र २३,२०८१ / ०८ : ४४ पूर्वान्ह / 2024-09-08 08:44 am
      • param ad
      • furniture
      • veera Incorporation

      रोहित पौडेलको कप्तानीमा नेपाली टोली भारतमा प्रशिक्षणमा जुट्दै

      - १ महिना अगाडि
      श्रावण २१,२०८१

      काठमाडौं । नेपाली क्रिकेट टोलीले क्यानडा भ्रमणको अघि भारतमा प्रशिक्षण गर्ने निर्णय गरेको छ । रोहितकुमार पौडेलको कप्तानीमा २२ सदस्यीय टोलीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।

      अघिल्लो टी–२० विश्वकपमा खेल्ने बलर प्रतिश जि.सी. र अभिनाश बोहरा प्रशिक्षणमा समावेश छैनन्, बायाँ हाते स्पिनर बसिर अहमदलाई फर्कने मौका मिलेको छ । 

      टी–२० विश्वकपको टोलीमा नसमावेश भएका खेलाडीहरूमध्ये देव खनाल, भीम सार्की, आरिफ शेख, अर्जुन साउद, आकाश चन्द, बसिर अहमद, सूर्य तामाङ र रिजन ढकाल पनि प्रशिक्षणमा बोलाइएका छन् ।

      टोलीले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा एक हप्ता फिटनेस प्रशिक्षण गर्नेछ र त्यसपछि भारत जानेछ ।

      नेपाल क्रिकेट संघका प्रवक्ता छुम्बी लामाले प्रशिक्षणको विषयमा जानकारी दिएका छन् साथै पहिलो चरणमा टीयूमै आज वा भोलिबाट फिटनेस अभ्यास हुने त्यसपछि भारतमा जाने तर, भारतमा कहाँ र कति म्याच खेल्ने भन्ने विषयमा छलफल भइरहेको लामाले बताए । 

      प्रशिक्षणमा बोलाइएका कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र स्पिनर सन्दीप लामिछाने ग्लोबल टी–२० क्यानडामा व्यस्त छन् । ग्लोबल टी–२० क्यानडा ११ अगष्टमा सकिने छ । त्यसपछि दीपेन्द्र र रोहित टी–१० लिग खेल्ने वेष्टइण्डिज जाने कार्यक्रम छ ।

      आगामी सेप्टेम्बरमा नेपाल क्यानडामा आईसीसी विश्वकप लिग–२ र त्रिकोणात्मक टी–२० आई सिरिज खेल्न जानेछ ।

      नेपाली टोली यसरी छ ः रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, कमलसिंह ऐरी, रिजन ढकाल, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, सूर्य तामाङ, बसिर अहमद, आकाश चन्द, सागर ढकाल र सन्दीप जोरा ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d