जेष्ठ १२,२०८२ / १२ : २० पूर्वान्ह / 2025-05-25 12:20 am
      • param ad
      • furniture
      • veera Incorporation

      काभा वुमन्स भलिबल : उद्घाटन् खेलमै नेपालको विजयी सुरूवात

      - ३ हप्ता अगाडि
      श्रावण १७,२०८१

      काठमाण्डौ : आजदेखि काठमाडौंमा सुरु भएको काभा वुमन्स भलिबल लिगमा नेपालले श्रीलंकामाथि ३–० को सोझो सेटमा जित निकाल्दै सानदार सुरूवात गरेको छ । पहिलो, दोस्रो र तेस्रो सेटमा क्रमस : २५–१९, २५–१८ र २५–१९ ले जित निकाल्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो । नेपालले दोस्रो खेलमा भारतसँग शनिबार प्रतिस्पर्धा गर्नेछ ।  मध्य एसियाका क्याटेगोरी ए र क्याटेगोरी बी का पाँच टोली नेपाल, इरान, श्रीलंका, भारत र माल्दिभ्स गरी यस प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको उद्घाटन्  युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले गरेका थिए । यस प्रतियोगिता प्रत्येक दिनमा हुनेछ । 

      लिग चरणमा पुछारको पाँचौं स्थानमा रहने टोली प्रतियोगिताबाट बाहिरिनेछ । शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान ओगट्ने छ ।

      अगस्ट ६ मा लिगको शीर्ष स्थानको टोली र चौथो स्थानमा रहने टोलीबीच तथा दोस्रो र तेस्रो स्थानको टोलीबीच सेमिफाइनल हुनेछ । सेमिफाइनल अगस्ट ६मा हुनेछ । फाइनल खेल अगस्ट ७ मा हुने तय भएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d