चैत ६,२०८१ / ०२ : ०५ पूर्वान्ह / 2025-03-20 02:05 am
      • param ad
      • furniture
      • veera Incorporation

      एसियाड आज सकिँदै, नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुने

      - १ वर्ष अगाडि
      असोज २१,२०८०

      काठमाडौं, चीनमा जारी १९औं एसियाली खेलकुद (एसियाड) आज समापन हुँदैछ । 

      समापन समारोह नेपाली समयअनुसार साँझ पौने ६ बजे हाङजाउस्थित ओलम्पिक खेलकुद स्टेडियममा  सुरु हुनेछ। समापन समारोह लगभग ७५ मिनेट चल्नेछ।

      खेलको उद्घाटन चिनियाँ राष्ट्रपति सी जिनपिङले गरेका थिए। भने समापन समारोहमा चिनियाँ प्रधानमन्त्री लि क्वान सहभागी हुनेछन्। नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल पनि खेलको उद्घाटन समारोहमा सहभागी भएका थिए। 

      एसियाडमा ४ सय ८१ स्वर्ण पदकका लागि ४५ राष्ट्रका १२ हजारभन्दा बढी खेलाडीले ४० खेलका ६१ भन्दा बढी विधामा प्रतिस्पर्धा गरेका छन्।

      प्रतियोगिताको अन्तिम दिनसम्म आयोजक राष्ट्र चीनले पदक तालिकामा अग्रता कायमै राखेको छ। पछिल्लो पदक तालिकाअनुसार चीन २ सय स्वर्ण, १ सय ११ रजत र ७१ कास्यसहित कुल ३ सय ८ पदक जितेर शीर्ष स्थानमा छ।

      नेपालले करातेमा रजत र कबड्डीमा कास्यसहित दुई पदक जितेको छ। ऐतिहासिक रजत पदक विजेता करातेकी एरिका गुरुङले एसियाली खेलकुद समापनमा नेपालको राष्ट्रिय झण्डा बोक्ने छिन्।

      सहभागी ४५ देशमध्ये २७ देशले स्वर्ण पदक जितेका छन्। नेपालसहित ४१ देशले पदकको खाता खोले। ४ देशले पदक जित्न सकेका छैनन् । एसियाली खेलकुदको अन्तिम दिन आज २ खेलका अन्तिम ३ स्वर्ण जित्ने खेलाडीको टुङ्गो लाग्नेछ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d