काठमाडौँ, फिफा महिला विश्व कप फुटबलमा आज प्रि–क्वाटरफाइनल अन्तर्गत दुई खेल हुँदैछन् ।
अस्ट्रेलियाको सिड्नीमा नेदरल्यान्ड्स र दक्षिण अफ्रिकाबीचको खेल नेपाली समयअनुसार बिहान पौने ८ बजे हुने छ ।
जसअन्र्तगत नेदरल्यान्ड्स र दक्षिण अफ्रिका तथा स्विडेन र अमेरिका खेल्दैछन् । आजै पौने तीन बजे सुरु हुने खेलमा अष्ट्रेलियाको मेलबर्नमा हुने खेलमा अमेरिकाले स्विडेनको सामना गर्नेछ । चार पटकको च्याम्पियन अमेरिका र तीन पटक तेस्रो स्थान प्राप्त गरेको स्विडेनबीचको खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।
न्युजिल्याण्ड र अष्ट्रेलियामा जारी महिला विश्वकप फुटबलमा ३२ देश सहभागी छन् । प्रतियोगिता अगस्ट २० सम्म चल्ने छ ।