काठमाण्डौ, आईसीसी क्रिकेट विश्वकप छनोटको पहिलो खेलमा नेपालले घरेलु टोली जिम्बाब्बेविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । हरारेमा हुने खेलमा जिम्बाब्बेले टस जितेर बलिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।
नेपालले पाँच वर्षपछि जिम्बाब्बेसँग ५० ओभरको खेल खेल्न लागेको हो । नेपालले टेष्ट मान्यताप्राप्त राष्ट्रसँग खेल्न लागेको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल हो । आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत घरेलु टोली जिम्बावेविरुद्ध नेपालले सुरुआतमा ब्याटिङ गर्ने भएको हो ।
जिम्बावेविरुद्धको खेल टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता प्राप्त खेल पनि हो ।
ओडिआई विश्व वरियतामा नेपाल १५ औं र जिम्बावे ११ औं स्थानमा छन् । नेपालका सन्दीप लामिछाने र जिम्बावेका सिकन्दर राजा प्रमुख हतियार हुन् । राजाले अन्तर्राष्ट्रिय क्रिकेटमा सानदार प्रदर्शन गर्दै आएका छन् । नेपालले जिम्बावेसँग एकमात्रै ५० ओभरको खेल खेलेको छ ।
२०१८ को विश्वकप छनोटमा नेपाल जिम्बावेसँग १ सय १६ रनले पराजित भएको थियो । राजाले ६६ बलमा १ सय २३ रन बनाएपछि जिम्बावेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ८० रन बनाएको थियो । नेपालको जिम्बावेसँग यो खेल नै पहिलो र अन्तिम एकदिवसीय खेल रहेको छ ।
नेपालले आज जिम्बावेसँग खेल्दै
चिनारी पोस्ट - १ वर्ष अगाडि
असार ३,२०८०