असोज २८,२०८१ / ०७ : ४२ पूर्वान्ह / 2024-10-14 07:42 am
      • param ad
      • furniture
      • veera Incorporation

      जोकोभिच बने २३ औँ पटक ग्रान्डस्लाम जित्ने पहिलो खेलाडी

      - १ वर्ष अगाडि
      जेष्ठ २९,२०८०

      काठमाडौं, सर्वियन स्टार नोभाक जोकोभिचले फ्रेन्च ओपन टेनिसको उपाधि हात पारेका छन् । योसँगै उनी पुरुषतर्फ सर्वाधिक २३ पटक ग्रान्डस्लाम जित्ने पहिलो खेलाडी बनेका छन् ।
      फिलिप्पे चाट्रिएरमा भएको फाइनलमा उनले नोर्वेका कास्पर रुडलाई तीन सेटमा हराएका हुन् । निकै प्रतिस्पर्धात्मक बनेको पहिलो सेटमा जोकोभिच टाइब्रेकरमा विजयी भए । दोस्रो सेटमा सम्हालिएका जोकोभिचले ६ – ३ को जित दर्ता गरे । तेस्रो सेटमा रुडले कडा चुनौती दिएपछि खेल लम्बिएको थियो ।

      आइतबार भएको फाइनलमा जोकोभिचले नर्वेका क्यास्पर रुडलाई सोझो सेटमा हराएर रोला ग्यारोमा तेस्रो पटक उपाधि जित्दै कीर्तिमान बनाएका हुन् । जोकोभिचले सर्वाधि २२ उपाधि जित्ने स्पानिस राफेल नाडललाई पछि पार्दै कीर्तिमान बनाएका हुन् । जोकोभिचले रुडलाई ७–६, ७–१, ६–३ , ७–५ ले हराए ।

      जोकोभिचेले अष्ट्रेलियन ओपन १० पटक, विम्बलडन ओपन ७ पटक तथा फ्रेन्च ओपन र यूएस ओपन समान तीन पटक जितेका छन् ।  उनले चारवटै ग्राण्डसलाम कम्तीमा तीन पटक जित्ने पहिलो खेलाडीसमेत बनेका छन् ।

        सम्बन्धित समाचारहरु