जेष्ठ ३१,२०८१ / ०५ : ५५ पूर्वान्ह / 2024-06-13 05:55 am
      • param ad
      • furniture
      • veera Incorporation

      महिला क्रिकेटमा मलेसियालाई हराउँदै नेपाले जित्यो टीट्वान्टी शृंखला

      - १ वर्ष अगाडि
      जेष्ठ २१,२०८०


      काठमाडौं । महिला टीट्वान्टी क्रिकेट शृंखलाको निर्णायक खेलमा नेपाली टोली विजयी भएको छ । शृंखलाको पाँचौं तथा अन्तिम खेलमा आइतबार नेपालले मलेसियालाई तीन विकेटले पराजित गरेर जित हासिल गरेको हो । जितसँगै भ्रमणकारी टोली नेपालले पाँच खेलको शृंखला पनि ३—२ ले जित्यो ।
      अन्तिम खेलअघि शृंखला २—२ को बराबरीमा थियो । अन्तिम खेलमा टस हारी पहिलो ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय नौ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको  नेपालले भने १९.२ ओभरमा सात विकेट गुमाएर एक सय १० रन बनाउँदै बिजय हासिल गरेको हो । 

        सम्बन्धित समाचारहरु