मंसिर २६,२०८१ / १० : ४१ अपरान्ह / 2024-12-11 10:41 pm
      • param ad
      • furniture
      • veera Incorporation

      सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

      - १ वर्ष अगाडि
      जेष्ठ १६,२०८०

      काठमाडौं, क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ आज काठमाडौं जिल्ला अदालतमा हुने भएको छ । अदालतका न्यायाधीश शंकरबहादुर राईको इजलासमा क्रिकेटर लामिछानेविरुद्धको बलात्कार मुद्दामा सुनुवाइ हुन लागेको हो ।
      वि.सं. २०७९ पुस २८ गते लामिछानेलाई उच्च अदालत पाटनले २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो । यसअघि काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।
      नाबालिग बलात्कार आरोपमा प्रहरीले लामिछानेलाई वि.सं. २०७९ असोज २० गते नियन्त्रणमा लिएको थियो । क्रिकेटर लामिछानेविरुद्ध १७ वर्षीया किशोरीले प्रहरी वृत्त गौशालामा वि.सं. २०७९ भदौ २१ मा बलात्कारको जाहेरी दिएकी थिइन् 


        सम्बन्धित समाचारहरु