जेष्ठ २२,२०८० / ०६ : ३९ पूर्वान्ह / 2023-06-05 06:39 am

        भ्यालेन्सियालाई हराउँदै रियल म्याड्रिड सुपर कपको फाइनलमा

        - ३ हप्ता अगाडि
        पौष २८,२०७९

        काठमाडौं, भ्यालेन्सियालाई हराउँदै रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ ।

        बुधबार राति भएको खेलमा भ्यालेन्सियालाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै रियल फाइनलमा प्रवेश गरेको हो ।

        निर्धारित समय खेलको ३९ औं मिनेटमा करिम बेन्जिमाले पेनाल्टीबाट गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । त्यसपछि ४६ औं मिनेटमा स्यामुएल लिनोले गोल गर्दै भ्यालेन्सियालाई १–१ को बराबरीमा ल्याएका थिए ।

        निर्धारित समयमा १–१ को बराबरी र त्यसपछि अतिरिक्त समयमा पनि कुनै गोल निस्कन नसकेपछि खेल पेनाल्टीमा गएको थियो ।

        पेनाल्टीमा रियलका करिम बेन्जिमा, टोनी क्रुस,लुका मोड्रिच र मार्को एसेन्सियोले गोल गरे । भ्यालेन्सियाका एडिन्सन काभानी, मोरिबा र हुगो गुइलामोनले गोल गरे । उसका जोसे गाया र एरे कोमेर्टले पेनाल्टी गोल गर्न असफल भए ।

        अब रियलले उपाधिका लागि बार्सिलोना र रियल बेटिसबीचको विजेतासँग आइतबार राति प्रतिस्पर्धा गर्नेछ । रियल बेटिस र बार्सिलोनाले बिहीबार राति प्रतिस्पर्धा गर्दैछन् ।

          सम्बन्धित समाचारहरु