जेष्ठ २२,२०८० / ०६ : ०२ पूर्वान्ह / 2023-06-05 06:02 am

        विराटनगरलाई हराउँदै लुम्बिनी नेपाल टी -२० को प्ले अफमा

        - ५ महिना अगाडि
        पौष १७,२०७९

        काठमाडौं, नेपाल टी-२० लिगमा लुम्बिनी अल स्टार्सले विराटनगर सुपर किङ्ग्सलाई १२ रनले पराजित गरेको छ। जितसँगै सुरुआती सातमध्ये ६ खेलमा जित निकालेको लुम्बिनी प्ले अफमा पुग्ने पहिलो टिम बनेको हो।

        त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको लुम्बिनीले ९ विकेटको क्षतिमा एक सय २२ को योगफल खडा गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको विराटनगरले १९.३ ओभरमा सबै विकेट गुमाएर एक सय १० रन मात्रै बनाउन सक्यो। विराटनगरका लागि ओपनर अर्जुन साउदले ४१ तथा विवेक यादवले १९ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

        बलिङतर्फ लुम्बिनीका लागि ह्यारी टेक्टर, शाड्ली भान स्कालक्यक र तिलक भण्डारीले दुई–दुई विकेट लिए। त्यसबाहेक दीपेन्द्रसिंह ऐरी, हरमित सिंह र किशोर महतोले एक–एक विकेट लिए। पहिलो इनिङमा लुम्बिनीका लिग दीपेन्द्रले ४२ बलमा ६ चौकासहित अविजित ५० रनको अर्धशतकीय इनिङ खेलेका थिए। त्यसबाहेक अन्य ब्याटरको प्रदर्शन उल्लेख्य थिएन।

        विराटनगरका लागि नन्दन यादव, सूर्य तामाङ र विवेक यादवले दुई–दुई विकेट लिए। त्यसबाहेक राज ननन र किओन जोसेफले एक–एक विकेट लिएका थिए। जितसँगै सात खेलबाट १२ अंक जोडेको लुम्बिनी शीर्ष स्थानमा छ। पराजित विराटनगर ६ खेलबाट चार अंक जोडेर पाँचौं स्थानमा छ।

          सम्बन्धित समाचारहरु