वैशाख ८,२०८१ / १२ : ३० अपरान्ह / 2024-04-20 12:30 pm
      • param ad
      • furniture
      • veera Incorporation

      विश्वकप फुटबलको फाइनलमा आज अर्जेन्टिना र फ्रान्स भिड्दै

      - १ वर्ष अगाडि
      पौष ३,२०७९

      काठमाडौं, कतार फिफा विश्वकपको फाइनलमा आज अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ।

      २२ औं संस्करणको विश्वकपको फाइनलमा मोरोक्कोलाई पराजित गर्दै फ्रान्स र क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिनाले विश्वकप फाइनलमा भेट पक्का गरेका हुन्। अर्जेन्टिना र फ्रान्सबीचको विश्वकप फाइनललाई रोचक खेलको रुपमा हेरिएको छ।

      अर्जेन्टिनाले यसअघि दुई पटक उपाधि जितेको छ भने पाँच पटक विश्वकपको फाइनल खेलेको छ।  अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि उचालेको हो यस्तै सन् १९३०, १९९० र २०१४ मा फाइनल पुगे थियो ।

      कप्तान लियोनल मेस्सीको नेतृत्वमा यो छैटौं पटक फाइनल खेल्न पुगेको अर्जेन्टिना साविक विजेता फ्रान्सलाई पराजित गर्दै विश्वकप उपाधि उचालेर विश्व फुटबलमा आफ्नो नाम लेखाउन चाहन्छ। 

      यसैगरी मोरोक्कोलाई २-० गोल अन्तरले पराजित गर्दै फाइनल पुगेको फ्रान्स लगातार दोस्रो पटक विश्वकप उपाधि उचाल्ने दाउमा छ।

      फ्रान्सले सन् १९९८ र २०१८ विश्वकप उपाधि जितेको छ । फ्रान्सले सन् २००६ मा भएको विश्वप फाइनलमा इटालीसँग पराजित भएको थियो। 

      आज आइतबार लुसिल स्टेडियममा अर्जेन्टिना र फ्रान्सबीचको विश्वकप फुटबल फाइनल आइतबार राति ८:४५ बजे हुनेछ।

        सम्बन्धित समाचारहरु