काठमाडौं, कतारमा जारी फिफा विश्वकप फुटबलमा आज राउण्ड अफ १६ अन्तर्गतका अन्तिम दुई खेलहरु हुँदैछन् ।
पहिलो खेलमा मोरक्को र स्पेनबीच प्रतिस्पर्धा हुनेछ । अर्को खेलमा पोर्चुगल र स्विट्जरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । यो खेल राती पौने एकबजे सुरु हुनेछ । यी दुई खेलसँगै विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा हुनेछ ।
मोरक्को समूह ’एफ’ को विजेता र स्पेन समूह ’ई’ को उपविजेता बन्दै नकआउट चरणमा भेट पक्का गरेका थिए । दुवै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् ।
पोर्चुगल समूह ’एच’ को विजेता र स्विट्जरल्यान्ड समूह ’जी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन् । दुवै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् ।