वैशाख ८,२०८३ / ०२ : ४३ अपरान्ह / 2026-04-21 02:43 pm
      • param ad
      • furniture
      • veera Incorporation

      जापानलाई हराउँदै क्रोएसिया क्वाटरफाइनलमा प्रवेश

      - ३ वर्ष अगाडि
      मंसिर २०,२०७९

      काठमाडौँ, कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा साविक उपविजेता क्रोएसिया प्रवेश गरेको छ ।

      टाइब्रेकरमा जापानलाई ३-१ ले हराउँदै क्रोएसिया अन्तिम ८ मा स्थान बनाउन सफल भयो । सोमबार अल जनौब रंगशालामा निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । त्यसपछि अतिरिक्त ३० मिनेटमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो ।

      जापानका लागि ताकुमी मिनामिनोको पहिलो प्रहार नै गोलरक्षक लिभाकोभिचले रोकिदिए । त्यसपछि निकोला भ्लासिचले गोल गर्दै क्रोएसियालाई अघि राखे । काअरु मितोमाको प्रहार पनि विफल पार्दै लिभाकोभिचले क्रोएसियालाई बलियो स्थितिमा पुर्याए ।

      मार्सेलो ब्रोजोभिचले गोल गरेपछि ताकुमा असानोले पनि जापानका लागि गोल गरे । क्रोएसियाको लागि मार्को लिभाजाको प्रहार पोस्टमा लाग्दा जापानका माया योशिदाको पेनाल्टी लिभाकोभिचले विफल पारे । मारियो पासालिचले क्रोएसियाको चौथो प्रहारमा गोल गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरे ।

        सम्बन्धित समाचारहरु