काठमाडौं, कतारमा जारी फिफा विश्वकप फुटबलमा सेनेगलमाथि शानदार जित निकाल्दै इंग्ल्यान्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ। आइतबार राति अल बयात स्टेडियममा इंग्ल्यान्डले सेनेगललाई ३-० ले पराजित गरेको हो।
जोर्डन हेन्डरसन, ह्यारी केन र बुकायो साकाले एक एक गोल गर्दै इंग्ल्यान्डको जित निकालेका हुन् । खेलको ३८ औं मिनेटमा हेन्डरसनको गोलमा इंग्ल्यान्डले अग्रता बनाएको थियो।
ह्यारी केनलेदोस्रो गोल पहिलो हाफको इन्जुरी समयमा गरे भने खेलको ५७ औं मिनेटमा साकाले तेस्रो गोल गरे। यो जितसँगै इंग्ल्यान्डले अन्तिम आठमा फ्रान्सको भेट पक्का गरेको छ।
आइतबार राति भएको खेलमा पोल्याण्डलाई हराएर फ्रान्स क्वाटरफाइनलमा पुगेको छ। आइतबार पोल्याण्ड र सेनेगल विश्वकपबाट बाहिरिएका छन्।