काठमाडौं, कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा फ्रान्स प्रवेश गरेको छ। अन्तिम १६ अन्तर्गत आइतबार राति फ्रान्सले पोल्याण्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो।
अल थुमामा स्टेडियममा आइतबार राति भएको प्रिक्वार्टरफाइनल खेलमा फ्रान्सको सानदार जितमा केलिएन एम्बाप्पेले दुई गोल गरे । ओलिभर गिरोडले एक गोल गरे। पोल्यान्डमा रोबर्ट लेवान्डोस्कीले सान्त्वना गोल गरेका थिए ।
गिरोडले ४४औं मिनेटमा गोल गर्दै फ्रान्समाथि उत्साहित बनाए । उनले एमबाप्पेको पासमा गोल गरेका हुन् । यससँगै गिरोडले फ्रान्सका लागि सर्वाधिक ५२ गोल गर्ने खेलाडीको कीर्तिमान समेत बनाए । यसअघि थिएरी हेनरीको नाममा ५१ गोलको कीर्तिमान रहेको थियो ।
पहिलो हाफमा १-० को अग्रता बनाएको फ्रान्सले दोस्रो हाफमा दुई गोल थपेको हो । ७४औं मिनेटमा एमबाप्पेले उत्कृष्ट गोल गर्दै टोलीको अग्रता दोब्बर बनाउनुभयो । औसमाने डेम्बेलेले मिलाई दिएको पासमा एमबाप्पेको शसक्त प्रहार सोझै जाली चुमेको थियो ।
इन्जुरी समयमा एमबाप्पेले उस्तै प्रकारले ब्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई जिताउनुभयो । एमबाप्पेले जारी विश्वकपमा ब्यक्तिगत पाँच गोल गरिसक्नुभएको छ । उहाँले विश्वकपमा २४ वर्षमुनि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान समेत बनाए ।
खेलभर फ्रान्सको दबाब झेलेको पोल्यान्डले दोस्रो हाफको इन्जुरी समयमा पेनाल्टीमार्फत सान्त्वना गोल फर्कायो । लेवान्डोस्कीले पेनाल्टीको सदुपयोग गरे ।
पोल्याण्ड विश्वकपबाट बाहिरिएको छ भने फ्रान्सले अन्तिम आठका लागि इंग्ल्यान्डको सामना गर्नेछ। इङ्ग्ल्यान्ड र सेनेगलको खेल आजै राति १२:४५ बजे हुनेछ ।