माघ १९,२०७९ / ०७ : ३९ अपरान्ह / 2023-02-02 07:39 pm

        अमेरिकामाथि सानदार जित निकाक्दै नेदरल्यान्ड्स क्वार्टरफाइनलमा

        - ३ हप्ता अगाडि
        मंसिर १८,२०७९

        काठमाडौं, अमेरिकामाथि सानदार जित निकाक्दै नेदरल्यान्ड्स फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा शनिबार राति भएको पहिलो प्रिक्वार्टरफाइनल खेलमा नेदरल्यान्ड्सले अमेरिकालाई ३(१ पराजित गरेको हो। 

        नेदरल्यान्ड्सको जितमा मेम्फिस डिपाए, डेली ब्लिन्ड र डेन्जेल डम्फ्रिजले गोल गरे। अमेरिका हाजी राइटले सान्त्वना गोल फर्कााए । नेदरल्यान्ड्सले पहिलो हाफमै दुई गोल गरेको थियो । बल पोसेसनमा अब्बल देखिएको अमेरिकाले गोल गर्न भने सकेन । 

        डिपाएले १०औं मिनेटमा डेन्जेल डम्फ्रिजको पासमा गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा डेली ब्लिन्डले डम्फ्रिजको पासमा गोल गर्दै नेदरल्यान्ड्सको अग्रता दोब्बर बनाए ।

        ७६औं मिनेटमा हाजी राइटले गोल गर्दै अमेरिकालाई खेलमा फर्काउने प्रयास गरेका थिए। उनले क्रिस्टियन पुलिसिसको पासमा गोल गरेका थिए । त्यसपछि ८१औं मिनेटमा डम्फ्रिजले डेली ब्लिन्डको पासमा उत्कृष्ट गोल गर्दै नेदरल्यान्ड्सलाई अन्तिम आठमा प्रवेश गराए ।

        समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको नेदरल्यान्ड्सले क्वार्टरफाइनलमा अर्जेन्टिना र अष्ट्रेलियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । अर्जेन्टिना र अष्ट्रेलियाबीचको खेल आजै राति हुनेछ । 

          सम्बन्धित समाचारहरु

              • ताजा खबर
              • धेरैले पढेको