काठमाडौं, कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा अर्जेन्टिना प्रवेश गेको छ । अहमद बिन अली रंगशालामा शनिबार राति भएको खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई २-१ गोलले पराजित गरेको हो ।
अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सी र जुलियन अल्भारेजले गोल गरेका थिए। अर्जेन्टिनाका लागि मेस्सीले सानदार प्रदर्शन गरेका हुन् ।
खेल जीवनको आफ्नो एक हजार खेलमा मेस्सीले ३५औं मिनेटमा अष्ट्रेलियाका रक्षकलाई छल्दै गोल गरेका थिए । पाँचौं पटक विश्वकप खेलिरहेका मेस्सीको विश्वकपमा नवौं गोल हो । मेस्सी म्यान अफ दि म्याच समेत भए ।
५७औं मिनेटमा जुलियन अल्भारेजले अष्ट्रेलियाका गोलरक्षकको हातबाट फुस्किएको बलमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । यता पहिलो हाफमा रक्षात्क प्रदर्शन गरेको अष्ट्रेलियाले खेलको ७७औं मिनटमा आत्मघाती गोल उपहार पायो ।
अब क्वार्टरफाइनलमा अर्जेन्टिनाले नेदरल्यान्ड्सको सामना गर्नेछ । शनिबार रातिनै नेदरल्यान्ड्सले अमेरिकालाई ३-१ गोलले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको थियो ।