वैशाख ६,२०८३ / ०७ : ०४ अपरान्ह / 2026-04-19 07:04 pm
      • param ad
      • furniture
      • veera Incorporation

      फिफा विश्वकप अन्तर्गत आज राति हुने खेल महिला रेफ्रीले खेलाउने

      - ३ वर्ष अगाडि
      मंसिर १५,२०७९

      काठमाडौं, कतारमा जारी फिफा विश्वकप अन्तर्गत बिहीबार ९आज० राति हुने जर्मनी र कोस्टारिकाबीचको खेल महिला रेफ्रीले खेलाउने पक्का भएको छ । पुरुष विश्वकप फुटबलको इतिहासमा महिला रेफ्रीले खेल खेलाउन लागेको यो पहिलो पटक हो ।

      विश्वकपमा इतिहास रच्ने यो अवसर पाउने रेफ्री स्टेफानी फ्रापार्ट हुनुहुन्छ । समूह ‘ई’ अन्तर्गत अल बायट रङ्गशालामा राति १२स्४५ बजे हुने जर्मनी र कोस्टारिकाको खेलमा मुख्य रेफ्री फ्रापार्टलाइ सहायक रेफ्रीको रूपमा ब्राजिलकी निउजा ब्याक र मेक्सिकोकी करेन डियाजले सघाउँदै छन् । अर्को सहायक रेफ्रीमा भने होण्डुरसका पुरुष रेफ्री सैद मार्टिनेज हुन् ।

      फ्रापार्ट पुरुष विश्वकप फुटबल विश्वकै महत्त्वपूर्ण खेलकुद प्रतियोगिता भएकोले यसमा पाएको जिम्मेवारीलाई सही हिसाबले सदुपयोग गर्ने बताउनुभयो । ‘‘पुरुष विश्वकप महत्त्वपूर्ण खेलकुद प्रतियोगिता हो । फ्रान्स र युरोपमा म पहिलो महिला रेफ्री थिएँ । विश्वकपमा यस जिम्मेवारीलाई कसरी निभाउने भन्ने मलाई राम्रोसँग थाहा छ,’’ फ्रापार्टले भने । 

      ३८ वर्षीया फ्रापार्ट फिफाको अनुभवी रेफ्री हुन् । उनले यसअघि फ्रेन्च लिग वान र यूईएफए च्याम्पियनसिप लिग खेलाई सक्नुभएको छ । उनले यसअघि मेक्सिको र पोल्यान्ड बीचको खेलमा फोर्थ अफिसियलको भूमिका समेत निभाएकि छन्।

      फ्रापार्ट कतार विश्वकपमा एकमात्र महिला रेफ्री भने होइन । उहाँसँगै जापानकी  यामासीता योसिमी र रुवान्डाकी  सलिमा मुकनसांगाले पनि कतारमा जारी विश्वकप खेलाउँदै छन् । विश्व फुटबल महासङ्घ ९फिफ० ले कतार विश्वकपका लागि यसपटक तीन महिला रेफ्री र चार सहायक महिला रेफ्री छनोट गरेको थियो । बीबीसी 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d