काठमाडौं, स्वीट्जरल्याण्डसंगको खेल हुनु अघिसम्म क्यामिरोलाई ब्रजिलका ‘अदृश्य खेलाडी’ भनिएको थियो ।
अहिले खेल सकिने बेलासम्म आइपुग्दा उनलाई ‘विश्वकै उत्कृष्ट मिडफिल्डर’ का रुपमा विश्लेषण गरिदैछ ।
स्वीट्जर्ल्याण्डसँग ब्राजिलको खेल निरस बराबरीमा टुङ्गिने जस्तो देखिएको थियो । तर म्यान्चेस्टर युनाइटेड क्लबबाट पनि खेल्ने यी खेलाडीको मनमा भने अर्थोकै नै खेलिरहेको थियो ।
खेल सकिन ७ मिनेट मात्र बाँकी थियो । कतिपय दर्शक फर्कने सुरसार गर्दै थिए ।
त्यति नै बेला क्यासिमेरोले रोक्नै नसकिने प्रहार गरे र बल स्वीट्जर्ल्याण्डको गोल पोस्टमा छिर्यो । अचानक आइपरेको खुसीले दर्शकहरूको आवाज रङ्गशालाभरि गुञ्जियो ।
उक्त गोलले ब्रजिललाई प्रतियोगिताको पहिलो चरणको एक खेल बाँकी छँदै दोस्रो चरणको अन्तिम १६ मा पु¥याइदिएको छ।
रङ्गशालामा खेल हेर्न सँगै उपस्थित ब्रजिलका महान खेलाडीहरू रोनाल्डो, रोबर्टो कार्लोस र काफुले पनि खुसी साटासाट गरे ।
आफूले गोल गरेर विश्वभरका समर्थक खुशी हुँदा औधि खुशी लागेको क्यामिरोले बताए । उनी प्लेयर अफ द म्याच पनि घोषित भए ।
खेल सुरु हुनुभन्दा अघि देखि नै रङ्गशाला भित्र र बाहिर हुलका हुल मानिसहरू ब्रजिलकै जर्सी लगाएर अनि हरियो–पहेँलो स्कार्फ लगाएर यता उता गरिरहेका थिए।
कैयौँ प्रशंसकले ब्रजिलका खेलाडी नेयमारको जर्सी लगाएका थिए । क्यासिमेरोको जर्सी लगाएका कोही देखिएका थिएनन । जब उनले गोल गरे संसारभर क्यासमिरोका जर्सीको बिक्री बढेको छ ।
ब्रजिलका पूर्व मिडफिल्डर गिल्बर्टो सिल्भाले क्यासिमेरोमाथि ठूलो जिम्मेदारी भएको प्रतिक्रिया दिएकाछन् ।
खेल सकिएपछि अन्य खेलाडीसँगै जोडिएर उनी पनि उत्सवमा उत्रिए । जितपश्चात् ब्रजिल दोस्रो चरणमा पुगेको छ।
परिणामलगत्तै नेयमारले ट्वीट गर्दै ‘लामो समयदेखि क्यासिमेरो संसारकै उत्कृष्ट मिडफिल्डर रहेको उल्लेख गरेकाछन् ।
रियल मड्रिड क्लबमा ९ सिजन खेलेपछि गत अगस्टमा ६ करोड पाउन्डको सम्झौतामा क्यासिमेरो म्यान्चेस्टर युनाइटेडमा आबद्ध छन् ।
उनी सम्बद्ध टोलीले लगभग सबै महत्त्वपूर्ण उपाधि जितेका छन् जसमा पाँचवटा च्याम्पियन्स लिग उपाधि, तीनवटा ला लिगा उपाधि र सन् २०१९ को कोपा अमेरिका उपाधि ।