मंसिर २०,२०७९ / १२ : ११ अपरान्ह / 2022-12-06 12:11 pm

        फिफा विश्वकप :क्यामरुनमाथि स्विट्जरल्याण्डकाे जित

        - एक हप्ता अगाडि
        मंसिर ८,२०७९

        काठमाडौं,  फिफा विश्वकप २०२२ अन्तर्गत आज भएको  समूह एचको खेलमा स्विटजरल्यान्डले क्यामरुनलाई पराजित गरेको छ ।

        खेलमा फरवार्ड ब्रील एम्बोलोको गोलमा स्विटजरल्यान्डले क्यामरुनलाई पराजित गरेको हो ।

        एम्बोलोले खेलको ४८ औं मिनेटमा गरेको गोल नै स्वीस टोलीको जितमा निर्णायक सावित भयो । उनले जेर्डान शाकिरीको क्रसलाई सदुपयोग गर्दै गोल गरेका थिए । शाकिरीले दायाँ विंगबाट दिएको लो क्रसलाई एम्बोलोले ६ यार्ड बक्सको नजिकबाट गोल गरेका थिए ।

        पहिलो हाफमा गोलरक्षक यान सोमरले उत्कृष्ट बचाउ गर्दा खेल गोलरहित बराबरीमा अडेको थियो । सोमरले क्यामरुनका कप्तान एरिक चुपो मोटीङलाई वन भर्सेस वनमा विफल पारेका थिए । पहिलो हाफमा केहि कमजोर देखिएको स्वीस आक्रमणले दोस्रो हाफमा भने लय समातेको थियो । अग्रता लिएपछि स्वीस टोलीले मिडफिल्डमा बल राखेपछि क्यामरुनले धेरै अवसर सिर्जना गर्न पाएन ।

        यो जीतसंगै स्विटजरल्यान्डको ३ अंक भएको छ । आजै समूह जी को अर्को खेलमा ब्राजिल र सर्बिया भिड्नेछन् ।

          सम्बन्धित समाचारहरु